हाम्रो सेवाहरू

व्यवसाय योजना प्रशिक्षण

हामी हाम्रा सदस्यहरुलाई व्यावसायिक योजनाहरु सृजना तथा कार्यान्वयन गर्न सहयोग गर्छौं । यो कार्य हाम्रो साझेदार संस्था तथा स्वंमसेवकहरुको सहयोग र संयोजकत्वमा गरिन्छ ।

बित्तिय प्रबन्ध प्रशिक्षण 

साना व्यावसाय अर्थात सफल सहकारी संचालनका निम्ति वित्तिय साक्षरता अत्यन्त महत्वपूर्ण छ । उद्योगहरुकोे वित्तिय तथा व्यवस्थापनको प्रसंगमा हामी ज्ञान अभिवृद्धिको लागि अभ्यास गरिरहेका छौं, चाहे त्यो नवनिर्मित होस् वा राम्रोसँग विस्तार भइसकेको होस् ।

बजार सहयोग

काभ्रेमा स्थापित स्टोर फ्रन्ट र यो सन्जाललाई विस्तार गर्ने योजनाले हाम्रा सदस्यहरुको उत्पादनको लागी बजार सृजना गरिरहेको छ । यसले नेपालमा उत्पादन हुने वस्तुहरुको जानकारी तथा सचेतना वृद्वि गर्न मदत गर्नुको साथै त्यस्ता उत्पादनहरुको बजारीकरणको लागि नयाँ अवसरहरु खोल्न समेत टेवा पुर्‍याईरहेको छ ।

ओर्गानिक कृषि प्रशिक्षण

कार्यक्रमहरु प्रायजसो नेपालका ती ठाउँहरुमा संचालन गरिन्छ जहाँ उत्पादकलाई उनीहरुका उत्पादनमा प्रभावकारी सुक्ष्मजीवहरु समावेश गराउने उत्तम उपायहरु पत्ता लगाउनका निम्ति हामी अभ्यास गर्छाैं । उत्पादकत्व र माटोको उर्वरा शक्ति वृद्धि गर्न भ्ः एउटा उत्पादनमूलक, सुरक्षित तथा अर्गानिक÷जैविक तरिका हो ।